सन्दिपकाे टिम मेलबर्नले बिग ब्यासकाे फाइनल खेल्दै

नेपाली युवा बलर सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले विग बास लिगको उपाधिका लागि आज छिमेकी टिम मेलबर्न रेनेगेट्ससँग खेल्नेछ ।

मेलबर्नमा हुने खेल नेपाली समय अनुसार विहान साढे नौ बजेबाट सुरु हुनेछ । मेलबर्न डर्वीका रुपमा रहेको यो प्रतियोगिताको उपाधिकालागि दुबै टिम तयार रहेका छन । बिग बास लिगमा दोस्रो पटक फाइनलमा पुगेको मेलबर्नका लागि उपाधि दिलाउन सन्दिप लामिछानेको प्रदर्शन निकै महत्वपुर्ण हुनेछ ।

उनले यो प्रतियोगितामा अहिलेसम्म ११ विकेट लिएका छन । जसमा एकै खेलमा कम रन दिएर बढी विकेट लिने खेलाडीमा तेस्रो स्थानमा छन । लिग चरणमा उनको टिमले १४ खेलमा सातमा जीत र सातमा हार ब्यहोरेको थियो । अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेअफमा पुगेको मेलबर्नले सेमिफाइनलमा होबर्टलाई हराएको थियो । सो खेलमा सन्दिपले किफायती बलिङ गरेपनि विकेट भने लिन सकेका थिएनन । फाइनल खेलका लागि सन्दिप टिममा पर्ने पक्का जस्तै छ ।

यस्तो छ संभावित टिम

ग्लेन म्याक्सवेल, ज्याक्सन बर्ड, ड्वायन ब्राभो, ज्याक्सन कोलमन, बेन डंक, सेब गोच, इभान गुल्बिस, पिटर ह्यान्डकप, सन्दिप लामिछाने, नीक माडिन्सन, मार्कुस स्टोनस, डान वोराल र एडम जाम्पा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest