डीपीएलमा आजपनि दुई खेल

धनगढी प्रिमियर लिगमा आजपनि दुई खेल हुनेछन । जसमा पहिलो खेलमा महेन्द्रनगर र सिवाइसी अत्तरीया विच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल काठमाडौं र रुपन्देही विच हुनेछ ।

प्रतिकुल मौसमका कारण निकै प्रभावित भएको डीपीएलमा शनिबार हुने भनिएको खेल मैदानमा पानी जमेकाले संभव भएन । जसका कारण दुबै खेल स्थगित गरिए भने टिमले एक एक अंक बाढे । जसका कारण घरेलु टिम धनगढी स्टार्स शिर्ष चारको होडबाट बाहिरीयो भने काठमाडौंले प्लेअफमा स्थान बनायो ।

यता दुई खेल हारेको महेन्द्रनगरले हिजोको बराबरीपछि एक अंक बनाएको छ । आज उसले बलियो टिम रुपन्देहीसँग खेल्नेछ । रुपन्देहीले तीन खेलमा दुई जीत र एक हार ब्यहोरेको छ । आज नै प्लेअफमा पुगिसकेको काठमाडौं र रुपन्देही विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest