डीपीएलमा आजको पहिलो खेल ढिलाे गरी सुरू हुने

धनगढी प्रिमियर लिगमा आजको पहिलो खेल मैदानको अवस्थाका कारण ११ बजेमात्र सुरु हुने भएको छ ।

दुई दिनको बर्षाका कारण खेल अझैपनि पुर्ण रुपमा खेल्न योग्न नभएकाले आयोजकले आजको पहिलो खेल ११ बजेबाट मात्र सुरु गर्ने जनाएका छन । साथै खेल १० ओभरमा झार्ने संभावना रहेको छ । आजको पहिलो खेलमा महेन्द्रनगर र सिवाइसी अत्तरीया खेल्नेछन । महेन्द्रनगरले तीन खेलमा एक अंक बनाएको छ भने अत्तरीयाको चार अंक छ ।

आजको खेलमा जित निकालेमा अत्तरीया प्लेअफमा पुग्नेछ भने महेन्द्रनगर बाहिरीनेछ । महेन्द्रनगरकालागि प्लेअफमा पुग्न निकै कठिन रहेको छ । उसले आफ्ना सबै खेल जितेर अरुको खेलमा पनि भरपर्नुपर्ने हुन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest