सन्दिप फाइनलमा पनि विकेट विहिन

बिग ब्यास लिगको फाइनलमा नेपाली बलर सन्दिप लामिछानेले निकै उत्कृष्ट बलिङ गरेपनि विकेट भने लिन सकेनन् । उनले चार ओभरमा १६ खर्चिदा विकेट विहिन बने । उनले आफ्नो पहिलो ओभरमा मात्र तीन रन दिएका छन ।

टिमको सातौ तथा ब्यक्तिगत पहिलो ओभरको सुरुवाती दुई बल डट गरे । तेस्रो बलमा हार्भेले एक रन लिन सफल भए । त्यसपछि चौथो बलपनि उनले डट गरे । पाँचौ बलमा एक रन दिएका सन्दिपले अन्तिम बल डट गरे ।

ब्यक्तिगत दोस्रो ओभरमा ५ रन खर्चिए ।
उनको पहिलो बलमा हार्भीले स्विप गर्दै चौका प्रहार गरे । तर दोस्रो बलमा कमब्याक गर्दै डट गरे । त्यसपछि तेस्रो ओभरमा पनि उनले हार्भीलाई चक्मा दिए । तर चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा एक रन खर्चिएका सन्दिपले अन्तिम बल डट गरे ।

त्यसपछि तेस्रो ओभरमा उनले मात्र तीन रन खर्चिए ।
टिमको १२ औं तथा ब्यक्तिगत तेस्रो ओभरको पहिलो बलमा उनले रन दिएनन् भने दोस्रो बलमा एक रन दिन पुगे । तेस्रो बलमा पनि एक रन खर्चिएका सन्दिपले चौथो बलमा पनि एक रन खर्चिए । पाँचौ बल डट गरेका सन्दिपले अन्तिम बल डट गरे ।

चौथो बलमा उनले अरु ६ रन दिए ।
सन्दिपले टिमको १५ औं तथा ब्यक्तिगत चौथो ओभरको पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट फाले । तेस्रो बलमा दुई रन दिए भने चौथो बलमा एक रन खर्चिए । जसमा रन आउटको मौका पनि थियो । अन्तिम दुई बलमा एक एक रन दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest