अत्तरीयाबाट महेन्द्रनगरले पायाे ५५ रनकाे लक्ष्य

धनगढी प्रिमियर लिगमा अत्तरीयाबाट महेन्द्रनगर युनाईटेडले ५५ रनको लक्ष्य पाएकाे छ ।

फाप्ला क्रिकेट मैदानमा बर्षाका कारण आउटफिल्ड गिलो भएका कारण ६ ओभरमा झारिएको खेलमा अत्तरीयाले ५ विकेट गुमाउदै ५४ रन बनायो ।

उसले पहिलो विकेटकालागि ३० रनको साझेदारी गरेको थियो । अत्तरीयाका सन्नी पटेलले १९ तथा जयकशिन कोल्शावालाले १० रन बनाए । यस्तै सन्दिप जोरा मात्र चार रनमा आउट भए भने कमलसिंह ऐरीले खाता खोल्न सकेनन् । यस्तै कप्तान दिपेन्द्र ऐरी पनि मात्र १० रनमा आउट भए । बलिङमा अभिनाश बोहरा र सागर ढकालले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest