डीपीएलमा महेन्द्रनगरद्वारा अत्तरीया ७ विकेटले पराजित

धनगढी प्रिमियर लिगमा महेन्द्रनगरले पहिलो जित निकालेको छ । आज भएको खेलमा महेन्द्रनगरले अत्तरीयालाई सात विकेटले हरायो ।

फाप्ला क्रिकेट मैदानमा बर्षाका कारण आउटफिल्ड गिलो भएपछि खेल दुई घण्टा गरि ढिलो भएको खेल ६ ओभरमा झारिएको थियो । जसमा अत्तरीयाले ५ विकेट गुमाउदै ५४ रन बनायो । मध्यम सुरुवात गरेको उसले पहिलो विकेटकालागि ३० रनको साझेदारी गरेको थियो ।

अत्तरीयाका सन्नी पटेलले १९ तथा जयकशिन कोल्शावालाले १० रन बनाए । यस्तै सन्दिप जोरा मात्र चार रनमा आउट भए भने कमलसिंह ऐरीले खाता खोल्न सकेनन् । यस्तै कप्तान दिपेन्द्र ऐरी पनि मात्र १० रनमा आउट भए । बलिङमा अभिनाश बोहरा र सागर ढकालले दुई दुई विकेट लिए ।

जवाफमा महेन्द्रनगर पाँच ओभर चार बलमा तीन विकेट गुमाउँदै पुरा गर्यो । मात्र १४ रन हुँदा पहिलो विकेट गुमाएको महेन्द्रनगरका ओपनर मोहम्मद नाभिद ६ रनमा आउट भए । त्यसपछि कप्तान शरद भेषवाकरपनि मात्र ५ रनमा आउट भएपछि महेन्द्रनगरले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि सुब्रमनियम आनन्दपनि १७ रनमो आउट भएपछि महेन्द्रनगरले ३२ रनमा तेस्रो विकेट गुमायो ।

यो जितसँगै अत्तरीयाले दुई खेल अगाडी नै प्लेअफमा पुग्ने मौका गुमायो भने महेन्द्रनगरले शिर्ष चारको संभावना कायमै राखेको छ । अत्तरीयाका लागि भुवन कार्मीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest