सन्दिपकाे टिम बिग ब्यासकाे फाइनलमा १३ रनले पराजित

सन्दिपकाे टिम मेलबर्न स्टार्स बिग बास लिगको उपाधि जित्नबाट बञ्चित भएकाे छ । फाइनलमा छिमेकी टिम मेलबर्ने रेनेगेट्सँग १३ रनले पराजित भयाे ।

टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेट्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो । रेनेगेट्सका लागि डेनियल क्रिष्टियनले सर्वाधिक ४३ रन बनाउँदा टम कुपरले २८ रनमा नट आउट रहे । यी दुईका बीचमा ८० रनको साझेदारी भएपछि रेनेगेट्सले सम्मानजनक स्कोर बनाएको हो । मेलवर्न स्टार्सका लागि सन्दीप लामिछानेले ४ ओभर नै बलिङ गरेर १६ रन खर्चिए पनि विकेट भने हात पार्न सकेनन् । उनको स्पेलमा जम्मा एउटा चौका प्रहार भएको थियो ।

जवाफमा उत्कृष्ट सुरुवात गरेको स्टार्स २० अाेभरमा ७ विकेट गुमाउँदा १३२ रनमा राेकियाे । उत्कृष्ट सुरुवात गरेको स्टार्सले पहिलो विकेटकालागि ९३ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले स्कोरबोर्डमा अरु १९ रन थप्दा सात विकेट गुमायो । उसका ओपनर बेन डंकले ५७ रन बनाए भने मार्कुस स्टोनीसले ३९ रन बनाए । तर त्यसपछि अरु कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसलाई कम स्कोरमा रोक्न ट्रिमेन, बोयस र क्रिस्टियनले दुई दुई विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest