गेलले एकदिवसिय क्रिकेटबाट सन्यास लिंदै

आसन्न विश्वकपपछि वेष्ट इन्डियन खेलाडी क्रिस गेलले एकदिवसिय क्रिकेटबाट सन्यास लिने भएका छन ।

३९ बर्षे बाँया हाते ब्याट्सम्यान गेलले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि एकदिवसिय फरम्याटबाट विदा हुने बताएका छन । एक दिवसिय क्रिकेटमा उनले नौ हजार सात सय २७ रन हिर्काएका छन । जुन वेष्ट इन्डिजका लागि धेरै रन बनाउने दोस्रो खेलाडी हुन । वेष्ट इन्डिजका लागि ब्रायन लाराले सबै भन्दा धेरै रन हिर्काएका छन । सन् १९९९ मा राष्ट्रिय टिममा डेब्यु गरेका गेलले २८४ खेल खेलका छन ।
गेलले आफु आफ्नो सिमा रेखालाई कोर्दै एउटा भुमिकाबाट मुक्त हुन चाहने बताए । साथै उनले अब युवा खेलाडीलाई टिममा मौका दिने सोचका साथ यो निर्णय लिएको पनि खुलाए । आउदो मे ३० देखी जुलाई १४ तारिखसम्म हुने विश्वकप खेलेर विदाई हुन लागेका गेल टी–२० मा विशेष ध्यान दिने मनसाय बनाएका छन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest