धनगढी प्रिमियर लिगमा रुपन्देहीले धनगढीलाई एक सय सात रनको लक्ष्य

धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले धनगढी स्टार्सलाई एक सय सात रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा झारीएको खेलमा ८ विकेट गुमाउँदै एक सय ६ रन बनायो । एक रन बनाउदा पहिलो विकेट गुमाएको रुपन्देहीकालागि सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ तथा बाबर हायातले १९ रन बनाउदा बाँकि खेलाडीले राम्रो खेल्न सकेनन् ।

आज पनि उसका खेलाडीले खासै राम्रो ब्याटिङ गर्न सकेनन् । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने ६ खेलाडी एकोहोरो रुपमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest