विराटनगरलाई अत्तरीयाले दियाे १४९ रनकाे लक्ष्य, काेल्सावाला र सन्नीकाे अर्धशतक

धनगढी प्रिमियर लिगमा सिवाइसी अत्तरीयाले विराटनगर किंग्सलाई एक सय ४९ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४८ रन बनायाे । जारी प्रतियाेगितामा अत्तरीयाले बनाएकाे याे सबै भन्दाे ठुलाे स्काेर हाे । प्रतियोगितकै उत्कृष्ट सुरुवात गरेको अत्तरीयाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले दुई विकेट सस्तैमा गुमायो ।

ओपनर जितेन्द्रसिंह ठकुरी १३ रनमा आउट भए भने सन्दिप जोरा मात्र तीन रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान दिपेन्द्र ऐरी पनि १० रनमा आउट भएपछि उसले ७९ रनमा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि जयकिशन कोल्सावाला र सन्नी पटेलले उत्कृष्ट साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

जसमा जयकिशनले अर्धसतकिए पारी खेल्दै अविजीत ५१ रन बनाए भने सन्नी पटेलले पनि अर्धसतक बनाए । उनले किशोर महतोको अन्तिम ओभरमा २४ रन प्रहार गरे । उनले अविजीत ६१ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest