अत्तरीयाकाे जितले विराटनगर बाहिर, महेन्द्रनगर प्लेअफमा

धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गरेको छ । याे खेलकाे नतिजाले विराटनगर प्रतियाेगिताबाट बाहिरीएकाे छ भने महेन्द्रनगरले प्लेअफमा स्थान बनाएकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४८ रन बनाएको थियो ।

जारी प्रतियोगितामा अत्तरीयाले बनाएको यो सबै भन्दो ठुलो स्कोर हो । प्रतियोगितकै उत्कृष्ट सुरुवात गरेको अत्तरीयाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले दुई विकेट सस्तैमा गुमायो ।

ओपनर जितेन्द्रसिंह ठकुरी १३ रनमा आउट भए भने सन्दिप जोरा मात्र तीन रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान दिपेन्द्र ऐरी पनि १० रनमा आउट भएपछि उसले ७९ रनमा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि जयकिशन कोल्सावाला र सन्नी पटेलले उत्कृष्ट साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

जसमा जयकिशनले अर्धसतकिए पारी खेल्दै अविजीत ५१ रन बनाए भने सन्नी पटेलले पनि अर्धसतक बनाए । उनले किशोर महतोको अन्तिम ओभरमा २४ रन प्रहार गरे । उनले अविजीत ६१ रन बनाए ।

१४९ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा ८ विकेट गुमाएर १३८ रनमा रोकिएको छ । योसँगै महेन्द्रनगर युनाइटेडले प्ले अफमा स्थान बनाएको छ । जितसँगै विराटनगर भने रनरेटमा पछि पर्दै प्लेअफमा पुग्न असफल भयो ।

विराटनगरका आरिफ शेखले ३९ रन बनाउँदा पृथु वास्कोटाले २७ रन जोडेका थिए । भुवन कार्की र दीपेन्द्र रावतले दुई दुई विकेट लिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest