नेपाल पहिलाे भिडन्तमा मलेसियासँग टस जितेर ब्याटिङमा

आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले अहिले मलेसियासँग खेल्दैछ । जसमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । थाइल्याण्डको बैककमा नेपालले पहिलो खेलमा मलेसियासँग खेलिरहेको छ ।

यो प्रतियोगिता नेपालका लागि विश्वकप खेल्ने सपना पुरा गर्ने ढोकाका रुपमा लिइएको छ । छोटो समयको तयारी भएपनि थाइल्याण्डमा नै भएको टी–२० स्म्यासको उपविजेता भएका नाताले नेपाली टिम पुर्ण आत्मविश्वासका साथ थाइल्याण्ड पुगेको छ । टिमले शनिबार मैदानमा सामान्य अभ्यास गरेकाे थियाे ।

नेपाली टिमकी कप्तान रुवीना क्षेत्रीले यसपटक टिमको लक्ष्य विश्वकपमा स्थान बनाउने रहेको नै छ, त्यसैले पनि आफुहरु त्यहि मानसिकताका साथ थाइल्याण्ड आएको प्रिम्याच कन्फ्रेन्समा बताइन । साथै उनले सबै टिम उस्तै रहेकाले कसैलाई कम आक्न नमिल्ने बताइन ।

सात वटा देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल सहित थाइल्याण्ड, युएई, हङकङ, कुवेत, मलेसिया र चीनको सहभागिता रहेको छ । सन् २०२० मा हुने टी–२० विश्वकप खेल्ने मौकामात्र होइन यो प्रतियोगिता २०२१ मा न्युजिल्याण्डमा हुने ५० ओभरको विश्वकप छनोटका रुपमा पनि लिइएको छ ।

नेपाल र मलेसियाले केहि साता अगाडी थाइल्याण्डमा नै भएकाे टी-२० स्म्यासमा खेलेका थिए । जसमा नेपाल विजयी भएकाे थियाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest