नेपालद्वारा मलेसियालाइ १२७ रनकाे लक्ष्य

आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई एक सय २७ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डको बैककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५विकेट गुमाउँदै एक सय २६ रन बनायो ।
बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो ।

नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन । त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता रानामगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो । त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुवीना क्षेत्रीले नेपालको पारीलाई अगाडी बढाउन कोसीस गर्दा नेरी मात्र ६ रनमा रनआउट भइन । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुवीना क्षेत्रीले अविजीत ३३ रनको योगदान गरिन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest