नेपालका १४ युवा खेलाडी प्रशिक्षण गर्न दक्षिण अफ्रिका जाने

धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने इमर्जिङ युवा खेलाडीको १४ जना खेलाडी दक्षिण अफ्रिकाको केपटाउनमा प्रशिक्षण गर्न पाउने भएका छन ।

डीपीएलमा गरेको तथ्यांक हेरेर यहि २४ तारिखमा खेलाडीको नाम सार्वजनिक गरिनेछ । जसमा १९ बर्ष मुनिका खेलाडी समावेश हुनेछन । खेलाडीको सबै खर्चका लागि स्थानीय, सरकार र प्रायोजकबाट खोजिने बताइएको छ । करीव ४० लाख भन्दा माथि रकम लाग्ने अनुमान गरिएको छ । दुई साताको क्याम्पमा नेपाली खेलाडीले स्थानीय उमेर समुहका र ब्यवसायीक खेलाडीसँग तीन देखि चार खेल हुनेछ । जसमा ५० ओभर र दुई दिवसिय खेलमा पनि खेल्नेछन ।

डीपीएलमा राम्रो संभावना खेलाडीलाई दुई  साताका लागि केपटाउमा प्रशिक्षणका लागि बोलाउने प्रतियोगिताका सदभावना दुत जोन्टी रोड्सले बताएका छन । अक्टोबर महिनाको विचमा खेलाडीलाई दक्षिण अफ्रिकामा प्रशिक्षणका लागि लगिने भएको हो । विश्वमा उत्कृष्ट सुविधा भएको प्रशिक्षण स्थलमा खेलाडीलाई प्रशिक्षणका लागि  मौका दिने बताइएको छ ।

धनगढीमा आज पत्रकार सम्मेलन गरेर जोन्टीलाई नेपालमा यू–१९ प्रशिक्षण क्याम्पका लागि बोलाएको नेपाल क्रिकेट स्कुलले नै यी खेलाडीलाई दक्षिण अफ्रिका लाने भएको हो । कार्यक्रममा जोन्टीले डीपीएलबाट आम्दानी भएको रकम पनि युवा खेलाडीका लागि खर्च गरिने लक्ष्य भएकाले आफु निकै उत्साहित भएको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest