अत्तरीयाले काठमाडौं गोल्डेन्सबाट ७६ रनको लक्ष्य पायाे

धनगढी प्रिमियर लिग अन्तगर्त सिवाइसी अत्तरीयाले काठमाडौं गोल्डेन्सबाट ७६ रनको लक्ष्य दिएको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७५ रन मात्र बनायो । काठमाडौंले निकै कमजोर सुरुवात गर्दै ६ रनमा दुई विकेट गुमायो । उसका दुबै ओपनर गौरव तमोर एक र अनिलकुमार शाह ५ रनमा आउट भए । त्यसपछि पनि उसका मिडिलअडरका खेलाडी विच कुनै राम्रो साझेदारी हुन सकेन ।

काठमाडौंको स्कोर ३१ रन हुँदा तेस्रो विकेट झर्यो भने ३७ रनमा चौथो विकेट खेर गयो । जसमा अकिंत दबास १० रनमा आउट भएभने महबुब आलमले खाता खोल्न सकेनन् । त्यसपछि योगन्द्रसिंह कार्की पनि १३ रनमा पेभेलियन फर्किए । काठमाडौंको स्कोर ६९ रन हुँदा उसले सात विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट हुँदा सोनु तामाङ एक रनमा पेभेलियन फर्किए । बलिङमा रामनरेश गिरी र दिपेन्द्र ऐरीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest