ओमानले बनायाे यस्ताे किर्तीमान, जाे काेहि पनि चाहन्न

ओमान क्रिकेट इतिहासको लिष्ट ए मा चौथो न्युन स्कोरमा अलआउट भएको छ । स्कटल्याण्ड विरुद्धको खेलमा ओमान मात्र २४ रनमा अलआउट भयो ।

घरेलु मैदानमा भएको खेलमा ओमान स्कटल्याण्डको अगाडी अन्तराष्ट्रिय क्रिकेटमा चौथो न्युन स्कोरमा समेटिदा स्मिथ र नीलले चार चार विकेट लिए । ओमानका ६ खेलाडीले खाता खोल्न सकेनन् । उसका अवार अलीले सर्वाधिक १८ रन बनाए । पुरै इनिङमा अलीले प्रहार गरेको एकमात्र चौका नै बाउन्ड्रि हुनपुग्यो ।

१७ रन बनाउदा ६ विकेट गुमाएको ओमान अन्तत २४ रनमा अलआउट भयो । देशका सिनियर खेलाडी खेलेको टिम कम स्कोरमा अलआउट हुने ओमान पहिलो टिम हो । देशका हिसावले लिष्ट ए मा कम स्कोरमा समेटिने टिममा जिम्बावे, क्यानडा, आयरल्याण्ड, नामिविया हरेका छन ।

जिम्बावे २००४ मा श्रीलंका विरुद्ध ३५ रनमा अलआउट भएको थियो भने क्यानडा पनि श्रीलंका विरुद्ध नै २००३ मा ३६ रनमा समेटिएको थियो । यस्तै आयरल्याण्ड ३९ र नामिविया युएई विरुद्ध २०१३ मा ३९ रनमा धरासायी भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest