आइपीएलकाे पहिलाे खेलमा नै धाेनी र विराटकाे भिडन्त

इन्डियन प्रिमियर लिगको नयाँ सिजनको दुई साताको खेल तालिका सार्वजनिक गरिएको छ । जसमा उद्घाटन खेलमा चेन्नेइ सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बैङलोर खेल्ने भएका छन ।

आइपीएल आयोजकले आज सार्वजनिक गरेको खेल तालिका अनुसार चेन्नेइमा हुने उद्घाटन खेलमा धोनीको चेन्नेइ र विराटको बैङलोर खेल्नेछन । पहिलो चरणमा सार्वजनिक गरिएको खेल तालिकामा १७ खेल रहेका छन । भारतमा २०१९ मा हुने निर्वाचन कै बेला यो प्रतियोगिता हुने भएको छ ।

मार्च २३ तारिखबाट हुने प्रतियोगिताको सुरुमा दुई साताको खेल तालिका निकाल्नु कारण पनि निर्वाचन रहेको आयोजकले बताएका छन । निर्वाचनको मिती तय भएपछि अर्को पुर्ण खेल तालिका निकाल्ने आयोजकले बताएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest