क्रिकेट प्रतियाेगिता खेल्न साेमपाल अमेरीका जाँदै

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामी अमेरीकामा हुन लागेको टु एक्स क्रिकेट प्रतियोगिताका लागि अमेरीका जाने भएका छन । उनीसँगै अरु तीन खेलाडी करण केसी, दिपेन्द्र ऐरी, ललीत राजवंशी पनि अमेरीका जाने तयारीमा छन ।

अमेरीकाको टेक्सासमा बसेका पूर्व क्रिकेटर तथा क्रिकेट समथर्कले स्थापना गरेको नेपाली राइनोज क्रिकेट टिमबाट खेल्न सोमपालसँगै करण केसी, दिपेन्द्र ऐरी र ललित राजवंशीलाई पनि क्लवले बोलाएको छ ।

यहि मार्च २० देखि २४ तारिखसम्म टेक्सासको ह्युस्टोनमा आयोजना हुने प्रतियोगिताका लागि सोमपालले नेपाली राइनोजको कप्तानी गर्नेछन । सोमपालबाहेक अरु तीन खेलाडीको अर्को साता भिषाका लागि अन्र्तवार्ता हुनेछ ।

करीव ५० हजार अमेरीकी डलर पुरस्कार रहेको प्रतियोगिता गत बर्ष टेक्सासमा आएको बाढीका कारण हुन सकेको थिएन । यस प्रतियोगिताका लागि सोमपालको भिषा लागिसकेको भएपनि करण, ललीत र दिपेन्द्रको अर्को साता मात्र अन्तवार्ताको मिती राखिएको छ । हाल धनगढी प्रिमियर लिगमा ब्यस्त रहेकाले उनको अन्तर्वाता अर्को साताका लागि सारिएको हो ।

दुई बर्ष अगाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहित शरद भेषवाकर, सुवास खकुरेल, पृथु बास्कोटा, बसन्त रेग्मी र ज्ञानेन्द्र मल्ल लगायतलाई बोलाएर खेल्दा उपाधि जितेको राइनोजले यसपटक युवा खेलाडीलाई बढी महत्व दिएको टिमका ब्यवस्थापक आशिक लामाले बताए ।

यसपटक नेपाली राइनोजबाट पूर्व राष्ट्रिय खेलाडी कनिष्क चौगाई पनि खेल्ने ब्यवस्थापक आशिकले बताएका छन । प्रतियोगितामा १६ टिमको सहभागिता हुनेछ । जसमा हरेक टिमले ५ खेल खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest