वेष्ट इन्डिज विरूद्द इंग्ल्याण्डकाे किर्तीमानी जित

वेष्ट इन्डिज विरुद्धको पहिलो एकदवसिय खेलमा इंग्ल्याण्डले किर्तीमानी जीत निकालेको छ । इंग्ल्याण्डको इतिहासमा सर्वाधिक रन पक्ष्याएर जित निकाल्ने क्रममा वेष्ट इन्डिजलाई ६ विकेटले हरायो ।

घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा आठ विकेट गुमाउदै तीन सय ६० रन बनाएको थियो । वेष्ट इन्डिजका ओपनर क्रिस गेलले आक्रामक पारी खेल्दै एक सय ३५ रन बनाउदा सेइ होपले ६४ रनको योगदान गरे । यस्तै ड्वायन ब्राभोले ४० र जेम्स क्याम्बेलले ३० रन बनाए । बलिङमा इंग्ल्याण्डका बेन स्टोक र आदिल रसिदले तीन तीन विकेट लिए ।

जवाफमा इंग्ल्याण्डले ४८ ओभर चार बलमा मात्र चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि जेसन रोय र जोय रुटले सतक प्रहार गरे । रोयले एक सय २३ रन बनाए भने रुटले एक सय दुई रन बनाए । यस्तै कप्तान इयान मोर्गनले ६५ रनको योगदान गरे । यस्तै जेम्स ब्रेस्ट्रोले ३४ रन थपे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest