नेपाली महिला टिमले पायाे १२५ रनकाे लक्ष्य

आइसीसी टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले थाइल्याण्डबाट एक सय २५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनायो । बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ३७ रनको साझेदारी गर्यो । उसकी ओपनर नाइमुइ चेइवइ ३२ रनमा आउट भएपछि नेपाललाई पहिलो सफलता मिल्यो । त्यसको लगत्तै अर्की खेलाडी चान्तम पनि मात्र ५ रनमा पेभेलियन फर्किएपनि नेपालले दोस्रो विकेट लिन सफल भयो ।

त्यसपछि थाइल्याण्डको स्कोर ६३ रन हुँदा नेपाललाई तेस्रो सफलता मिल्यो । १६ रन बनाएर खेलिरहेकी बोचाथम १२ रनमा नेरीले आउट गरिन । नेपालका लागि कविता कुवँरले एकै ओभरमा दुई विकेट लिएपछि थाइल्याण्डले ९८ रनमा पाँच विकेट गुमायो । उसका लागि चनीदा सुथिरुंगाले ३५ रन बनाइन । यस्तै वोङपाकाले २८ रनको योगदान गरिन । अन्तिम ओभरमा नेपाली कप्तान रुवीना क्षेत्रीले दुई विकेट लिइन ।
बलिङमा नेपालका लागि नेरी थापा र कविता कुवँर तथा रुवीना क्षेत्रीले दुई दुई विकेट लिइन भने करुणा भण्डारीले एक विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest