नेपालकाे कसिलाे बलिङका अगाडी युएइ धरापमा

आइसीसी टी–२० महिला तथा एकदिवसिय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा अहिले नेपाल र युएई विच प्रतिस्पर्धा भइरहेको छ ।

बैककमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जसमा नेपालले युएई विरुद्ध सुरुवात देखि नै दबाव दिन सफल भयो । जसमा उसले युएईको १० रन हुँदा तीन विकेट झार्यो ।

जसमा ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे । नेपालका लागि सुरुवातमा नै सिता रानामगर र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest