नेपालद्वारा युएइ ७ विकेटले पराजित

आइसीसी महिला टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपाले युएईलाई ८ विकेटले हरायो ।

बैककमा भएकाे खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले १७ अाेभर तीन बलमा ४१ रनमा समेटियाे । उसका लागि एक खेलाडीले मात्र दाेहाेराे अंक बनाइन । नेपालले सुरुवात देखि नै दबाव दिन सफल भयो । जसमा उसले युएईको १० रन हुँदा तीन विकेट झार्यो ।

ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन । त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चाैथाे विकेट खेर फाल्याे । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरीन भने लगत्तै उडेनी डाेना पनि खाता खाेल्न नपाउँदै पेभेलियन फर्किदा युएइले १८ रनमा ६ विकेट खेर फाल्याे ।

एकपछि अर्काे विकेट गुमाएकाे युएइले ३५ रन हुँदा साताैं विकेट खेर फाल्याे । चनामी ब्यक्तिगत १३ रनमा पेभेलियन फर्किइन । त्यसपछि उसले अरू ६ रन जाेड्दा थप चार विकेट गुमायाे । अन्तत नेपाल ४१ रनमा समेटियाे । नेपालका लागि सुरुवातमा नै सिता रानामगर र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई दुई विकेट लिए । त्यसपछि नेरी थापाले ४ विकेट लिइन ।

जवाफमा नेपालले १० ओभर ३ बलमा दुई विकेटको गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालकी सिता रानामगर ६ रनमा आउट हुँदा २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि यसै प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिममा परेकी अप्सला बेगम खाता खोल्न नपाई आउट भएपछि नेपालले २३ रनमा दोस्रो विकेट गुमायो । नेपालका जितमा काजल श्रेष्ठले अविजीत १५ तथा कप्तान रुवीना क्षेत्रीले १८ रन बनाइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest