काठमाडौं गोल्डेन्सबाट डीपीएल बहिष्कार

फागुन धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ ।

उसका अनुभवि बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाए पछि आज हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो । योसँगै डीपीएलको उपाधिका लागि शनिबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले उपाधि भिडन्त गर्ने छन् ।

नियमविपरित बलिङ गरेको भन्दै काठमाडौंका महत्वपूर्ण खेलाडी समेत रहेका अंकित दबासलाई डिपीएलमा प्रतिबन्ध लागेपछि काठमाडौं आयोजकसँग रुष्ट बनेको थियो । काठमाडाै टिमका ब्यवस्थापकले विदेशी खेलाडीमा टिमले धेरै लगानी गरेको हुन्छ, उनलाई प्रतिबन्ध लगाएपछि हामी कसरी खेल्ने उनले अाक्राेष पाेखे ।

जारी प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका दबासले १५३ रन बनाउँदै शीर्ष स्थानमा छन् भने बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् ।

पाँच म्याचसम्म गलत देखिएन, छैटौं म्याचमा आएर खराब बलिङमाथि कारवाहि गरेर पूर्वाग्रही निर्णय उनले बताए । कुनै खेलाडीको बलिङमा शंका लागेको खण्डमा ब्यापक अनुशन्धान पछिमात्र प्रतिबन्धको निर्णय लिइन्छ । तर यसमा कुनै अध्ययन अनुशन्धान विना नै प्रतिबन्ध लगाइएको आरोप काठमाडौं गोल्डेन्सले लगाएको छ ।

साथै उनले अइसीसीकाे नियम अनुसार नै प्रतियेगिता नभएकाे समेत उनले बताए । मैदान अाइसीसीकाे मान्यता अनुसार छैन, ब्यवस्थापन पनि नभएकाे उनले अाराेप लगाए । अंकित दबास झारखण्डबाट भारतको रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् । झारखण्डबाट उनले यू–१६, यू–१९ र यू–२३ पनि खेलिसकेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest