पीएसएलकाे डेब्यु खेलमा सन्दिपकाे ३ विकेट

काठमाडौं – नेपाली युवा बलर सन्दिप लामिछानेले पाकिस्तान सुपर लिगको डेब्यु खेलमा तीन विकेट लिएका छन ।

उनले पहिलो ओभरमा १८ रन खर्चिएका थिए । जसमा उनको बलमा दुई छक्का र एक चौका प्रहार भएको थियो । त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए । जेम्स भिन्सलाई पेभेलियन फर्काए । त्यसपछि ब्यक्तिगत तेस्रो ओभरमा उनले सोयव मलिकको विकेट लिन सफल भए । तर उनले सो ओभरमा १५ रन खर्चिएका थिए ।

यसका साथै सन्दिपको सो ओभरमा एउटा क्याच ड्रप भएको थियो । सन्दिपले ब्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए । आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल डट गरे । त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्यान आउट गरे । उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest