भारतले विश्वकप खेल्ने नखेल्ने निर्णयकाे जिम्मा सरकारकाे हातमा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आसन्न विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध खेल्ने या नखेल्ने निर्णय सरकारलाई जिम्मा लगाएको छ ।

बीसीसीआईको बैठकले यसबारे भारतीय सरकारले गर्ने निर्णय नै औपचारिक हुने जनाएको छ । तर उसले क्रिकेटको सर्वोच्च निकाय आईसीसीलाई पत्र लेख्दै आतंकबाद बढाउने देशलाई क्रिकेटबाट अलग गर्नुपर्ने उल्लेख गरेको छ ।

आईसीसीलाई लेखेको पत्रमा आसन्न विश्वकप क्रिकेट र आउँदा अन्य क्रिकेट प्रतियोगिताका लागि खेल र खेलाडीको सुरक्षाको चिन्ता ब्यक्त गरेको छ ।

वीसीसीआईका सीओएका प्रमुख विनोद रायले भारतले पाकिस्तानसँगको खेलको विषयमा सरकारसँग छलफल गरेपछि मात्रै औपचारिक निर्णय आउने बताएका छन् । आज बसेको बैठकले पछिल्लो घटनाक्रमबारे आईसीसीलाई जानकारी गराउने निर्णय गरेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest