डीपीएलकाे उपाधि छिनाेफानाे, कसले मार्ला बाजी ?

धनगढी प्रिमियर लिगको उपाधिका लागि आज सिवाइसी अत्तरीया र महेन्द्रनगर युनाइेटड विच प्रतिस्पर्धा हुदैछ । खेलाडी प्रतिबन्ध गरेको भन्दै दोस्रो क्वालिफायर्स खेल्न काठमाडौं गोल्डेन्सले बहिस्कार गरेपछि फाइनलमा पुगेको महेन्द्रनगर उपाधिका लागि खेल्नेछन । दुबै टिमका कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन ।

जारी प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको अत्तरीयाले फाइनल पुग्दासम्म एक खेलमात्र हारेको छ । यता महेन्द्रनगरले लिग चरणमा दुई खेल हारेको थियो । तर एलिमिनेटर्समा रुपन्देहीलाई एक रनको रोमाञ्चक जित निकाल्दै क्वालिफायर्समा पुगेको हो ।

यी २ टिम अहिलेसम्म तीन पटक खेलेका छन। जसमा एक खेल बर्षाले बिथाेलिएकाे छ भने बाँकि दुइ खेलमा महेन्द्रनगर विजयी भएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest