महिला क्रिकेटमा हङकङ विरूद्द नेपाल पहिले बलिङमा

आइसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोट प्रतियोगितामा नेपाल र हङकङ विच प्रतिस्पर्धा भइहरेको छ ।

जसमा हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाली टिममा केहि परिवर्तन भएको छैन । प्रतियोगितामा तीन खेलमा दुईमा जीत निकालेको नेपाल चिरप्रतिद्धन्द्धी हङकङलाई पराजित गर्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । थाइल्याण्डसँग पराजित भएपछि शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको नेपालले आज हङकङलाई हराउन सकेमा तेस्रो स्थानमा उक्लने छ ।

नेपाललाई शिर्ष स्थानमा पुग्नका लागि थाइल्याण्डले कुनै टिमसँग पराजित हुनुपर्नेछ । तीन खेलबाट नेपाल प्रतियोगिताको चौथो स्थानमा छ । थाइल्याण्ड शिर्ष स्थानमा छ । यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन । उसले खेलेका तीन खेलमा तीनैमा पराजित भएको छ । त्यसैले पनि नेपाल विरुद्धको खेलमा उसले पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest