महिला क्रिकेटमा नेपालकाे भिडन्त चीनसँग

आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले आज चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

जारी प्रतियोगितामा तीन खेलमा जित निकालेको नेपाललाई विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्न शिर्ष स्थानको थाइल्याण्डको हार सबै भन्दा महत्वपुर्ण रहेको छ । जारी प्रतियोगितामा नेपाल थाइल्याण्डसँग नै पराजित भएपछि उसको यात्रामा धक्का लागेको थियो । यता चीन र नेपालको समान अंक भएपनि रन रेटका आधारमा चीन चौथो स्थानमा रहेको छ ।

प्रतियोगितामा चीनको आजको खेल अन्तिम खेल हुनेछ । उसले ५ खेलमा तीन मा जीत र दुईमा हार ब्यहोरेको छ । जसमा उसले थाइल्याण्ड र युएईसँग पराजित हुनुपरेको थियो । यता शिर्ष स्थानको थाइल्याण्ड चार खेलबाट आठ अंक सहित शिर्ष स्थानमा छ । यदि थाइल्याण्ड अपराजित रहेमा नेपाल विश्वकप छनोटको अर्को चरणबाट बञ्चित हुनेछ

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest