चीन विरूद्द टस हारेर नेपाल ब्याटिङमा

आइसीसी टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा चीन विरुद्ध खेलिरहेको छ । जसमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

तालिकाको तेस्रो स्थानमा रहेको चीन र चौथो स्थानमा रहेको नेपालको समान ६–६ अंक रहेको छ । नेपालको टिममा आज दुई खेलाडी परिवर्तन गरिएको छ । जसमा रितु रावल र आरती विडारी टिममा स्थान बनाएकी छिन ।

जारी प्रतियोगितामा नेपाल थाइल्याण्डसँग नै पराजित भएपछि उसको यात्रामा धक्का लागेको थियो । यता चीन र नेपालको समान अंक भएपनि रन रेटका आधारमा चीन चौथो स्थानमा रहेको छ । प्रतियोगितामा चीनको आजको खेल अन्तिम खेल हुनेछ । उसले ५ खेलमा तीन मा जीत र दुईमा हार ब्यहोरेको छ ।

जसमा उसले थाइल्याण्ड र युएईसँग पराजित हुनुपरेको थियो । यता शिर्ष स्थानको थाइल्याण्ड चार खेलबाट आठ अंक सहित शिर्ष स्थानमा छ । यदि थाइल्याण्ड अपराजित रहेमा नेपाल विश्वकप छनोटको अर्को चरणबाट बञ्चित हुनेछ

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest