डीपीएल इमर्जिङ स्टार्स टिमकाे घाेषणा

दक्षिण अफ्रीका भ्रमणमा जाने १९ बर्ष मुनिका १४ खेलाडी सम्मिलित टिम को घोषणा भएको छ ।

धनगढी प्रिमियर लिगकाे अायाेजक धनगढी क्रिकेट एकेडेमीले तयार पारेकाे टिमकाे नाम ‘डीपीएल इमर्जिङ स्टार्स’ नाम दिइएकाे छ । टिममा परेकाे खेलाडी यसप्रकार छन ।

रोहितकुमार पौडेल, रित गौतम भीम सार्की कुशल मल्ल तिर्थराज दास सुुवाश ऐर सुशिल खड्का कमल ऐरी रहेका छन् । त्यसैगरी रशिद खान अदिल अन्सारी दिपेन्द्र रावत कृष्ण ऐर पवन सर्राफ सन्दिप जोरा र खगेन्द्र जैसी रहेका छन् ।

आयोजकले स्पोर्ट्स एडसंगको सहकार्यमा छनोट गरिएको १४ सदस्सीय टोलीले दक्षिण अफ्रिकामा २ साताका लागि बिशेष प्रशिक्षणमा जानेछन ।केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र दुई दिवसिय क्रिकेट खेल्ने कार्यक्रम रहेकाे छ ।

दक्षिण अफ्रिकी पूर्व क्रिकेटर तथा डीपीएल क्रिकेटको सदभावनादुत जोन्टी रोड्स र प्रशिक्षक मरोन रायनको पहलमा यी १४ खेलाडीले दक्षिण अफ्रीकामा प्रशिक्षणकाे माैका पाएका हुन । कुल ४० लाख लाग्ने १४ सदस्सीय टोलीको सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest