सन्दिपले पीएसएलमा तेस्राे खेल खेल्दै

पाकिस्तान सुपर लिग क्रिकेट पीएसएल अन्तर्गत आज नेपाली युवा खेलाडी सन्दीप लामिछानले तेस्रो खेल खेल्दै छन् ।

टिमले छैटौं खेल खेल्न लागेपनि ढिला गरि पीएसएल खेल्न यूएई पुगेका सन्दीपको यो तेस्रो खेल हो । लाहोर क्वालन्दर्सबाट खेलिरहेका सन्दीपले पछिल्ला २ खेलमा ४ विकेट लिइसकेका छन् । सन्दीपको टिम लाहोरले बुधबार क्वेटा ग्लाडियटर्ससँग खेल्न लागेको हो । उक्त खेलमा सन्दीप लामिछाने पनि टिममा पर्ने सम्भावना प्रवल रहेको छ ।

लाहोर क्वालन्दर्स अहिलेसम्म पाँच खेल मध्ये २ खेलमा जित हात पार्दै चार अंक जोडेको छ । चौथो स्थानमा रहेको लाहोर र शीर्ष स्थानमा रहेका क्वेटा ग्लाडियटर्सबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे पछि शुरुहुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest