नेपाल विश्वकप छनाेटबाट बाहिर, अन्तिम खेलमा रुवीनाकाे ह्याट्रिक

टी-२० र एकदिवशीय महिला विश्वकपका लागि पहिलो खुट्किलोको रुपमा रहेको एकियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको छ ।

थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११६ रनको सम्मानित योगफल बनाएको थियो ।

ओपनर सीता रानामगर खाता नखोली आउट भए पनि अर्की ओपनर काजल श्रेष्ठले १८ रनको पारी खेलिन् । इन्दू बर्मा र रोमा थापाले समान ७ रन बनाउँदा सरीता मगरले पनि खाता खोल्न सकिनन् । नेपालले ४६ रन हुँदा ५ विकेट गुमाएको थियो ।

तर छैटौं विकेटका लागि बिन्दू रावल र नेरी थापाले ३७ रनको साझेदारी गरी इनिङ उकासे । नेरी १९ रनमा आउट भएपछि आएकी कप्तान रुविना क्षेत्रीसँग पनि बिन्दूले ३२ रनको साझेदारी गरीन् ।

इनिङको अन्तिम बलमा आउट हुनुअघि रुविनाले १३ बलमा ३ चौकाको सयोगमा २२ रन बनाइन् । बिन्दू ४९ बल खेलेर २८ रनमा अविजित रहिन् ।

बलिङतर्फ कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २-२ विकेट लिए ।

११७ रनको लक्ष्य पछ्याएको कुवेतबिरुद्ध अन्तिम ओभरमा कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् ।

रुविनाले अन्तिम ओभरको अन्तिम तीन बलमा कुवेतका ब्याट्सवुमनहरु क्रमसः खादिजा खालिल, मदिहा जुवेरी र जिफा जिलानीलाई बेल्ड आउट गरेकी हुन् ।

कप्तान रुविनाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले पनि ३ विकेट लिइन् भने नेरी थापा र कविता कुँवरले एक एक विकेट लिएपछि नेपालको जित सहज भएको हो ।

रुविनाको अन्तर्राष्ट्रिय महिला क्रिकेटमा दोस्रो ह्याट्रिक हो । करुणा भण्डारी र सवनम राईले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिएका छन् ।

कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८६ रनमात्र बानउन सक्यो । अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको कुवेतका लागि सुरुआती ब्याट्सवुमनले उत्कृष्ट खेले ।

ओपनरहरु प्रियादा मुरली र सब्रिन जादीले क्रमसः १४ र १२ रन बनाए भने तेस्रो नम्बरमा आएकी कप्तान मार्यम ओमारले सर्बाधिक २९ रन बनाइन् । यसअघिका पाँचै खेलमा पराजित भएको कुवेतले नेपालबिरुद्ध भने दवावरहित देखिएको थियो ।

तर थाइल्याण्डसँग युएइ पराजित भएपछि घरेलु टिम ग्लाेबल छनाेटमा प्रवेश गर्याे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest