अष्ट्रेलियाद्वारा भारत ७ विकेटले पराजित, भारतीय भुमीमा पहिलो सिरिज जित

बुधबार राति बेंग्लोरमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गरेको छ । यो जित सँगै अष्ट्रेलियाले भारतीय भुमीमा पहिलो पटक टि-२० शृँखला जितेको छ ।

भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर २ बलमा पुरा गर्याे । टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीले १०० रनको साझेदारी गर्दै बलियो स्कोर बनाएका थिए ।

धोनी ४० रनमा आउट हुँदा कोहली ७२ रनमा नटआउट रहे । कोहलीले ३८ बलमा ६ छक्का तथा २ चौका प्रहार गरेका थिए । २३ बल खेलका धोनीले तीन तीन चौका र छक्का प्रहार गरे । पहिलो विकेटका लागि शिखर धवन र केएल राहुलले ६१ रनको साझेदारी गर्दै वलियो शुरुआत दिलाएका थिए । जसमा केएल राहुल ४७ तथा शिखर धवन १४ रनमा पेभेलियन फर्किए ।

जवाफमा अष्ट्रेलियाकाे जितमा ग्लेन म्याक्सवेलले अविजीत ११३ रनकाे तथा डासी साेर्टले ४० रन बनाए । प्लेयर अफ दि म्याच र सिरिज दुबै जितेका म्याक्सवेल ले ५५ बलको पारीमा ७ चौका र ९ छक्का प्रहार गरेका थिए ।  दुइ खेलको सिरिजमा म्याक्सवेलले कुल १६९ रन बनाएका थिए । पहिलो खेलमा उनले ५६ रन जोडेर टिमलाई जिताएका थिए ।

**पहिलो पटक प्रकासित न्युजमा सिरिज बराबारी भनेर लेखिएकोमा क्षमा प्रार्थी छौ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest