एकै खेलमा तीन खेलाडीकाे सतक

वेष्ट इन्डिज विरुद्धको चौथो एकदिवसिय खेलमा इंग्ल्याण्ड २९ रनले विजयी भएको छ । जितसँगै इंग्ल्याण्डले ५ खेलको श्रृखंलामा दुई एकको अग्रता बनाएको छ ।

वेष्ट इन्डिज स्थित सेन्ट जर्जमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा चार सय १८ रन बनायो । दुई जना खेलाडीले सतक बनाएको खेलमा इंग्ल्याण्डले ठुलो योगफल खडा गरेको थियो । जसमा उसले पहिलो विकेटका लागि नै एक सय रनको साझेदारी गरेको थियो ।

त्यसपछि चौथो विकेटका लागि इयान मोर्गन र जस बट्लरले दुई सय चार रनको साझेदारी गर्न सफल भए । मोर्गनले एक सय तीन रन बनाए भने बटलरले एक सय ५० रनको पारी खेले । जसमा उनले ७७ बलमा १३ चौका र १२ छक्का प्रहार गरेका थिए । यस्तै जोनी ब्रेस्ट्रोले ५६ तथा एलेक्स हल्सले ८२ रनको साझेदारी गरे ।

जवाफमा वेष्ट इन्डिज क्रिस गोलको विस्फोटक सतकका कारण पनि हार्न पुग्यो । उसले ४८ ओभरमा तीन सय ८९ रनमा अलआउट भयो । जसमा गेलले एक सय ६२ रनको पारीले खेले । ९७ बलमा उनले ११ चौका र १५ छक्का प्रहार गरे । यस्तै डारेन ब्राभोले ६१ र कार्लोस ब्रेथवेटले ५० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest