टि–२० वरियता क्रममा नेपाल एक स्थान माथि

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको टि–२० वरियता क्रममा नेपाल एक स्थान माथि उक्लिएको छ । अघिल्लो महिना सार्वजनिक गरेको वरियता क्रमको १५औं स्थानमा रहेको नेपाल यो महिना १४औं स्थानमा पुगेको छ ।

१८ टिमको वरियतामा नेपालले युएई, हङ्कङ्, आयरल्याण्ड र ओमानलाई पछि पारेको छ । तर, अन्य टिमले १० भन्दा बढी टि–२० अन्तर्राष्ट्रिय खेल्दा नेपालले भने सातवटामात्र खेलेको छ ।

वरियता क्रमको शीर्ष स्थानमा पाकिस्तान छ । दोस्रोमा भारत, तेस्रोमा अष्ट्रेलिया, क्रमशः दक्षिण अफ्रिका, इंग्ल्याण्ड, न्युजिल्याण्ड, वेष्ट इण्डिज छन् । अफगानिस्तान आठौं स्थानमा रहँदा श्रीलंका नवौं, बंगलादेश १०औं स्थानमा छन् । त्यसपछि स्कटल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स छन् ।

पारस, सोमपाल, बसन्त खेलाडी र्‍याङकिङमा

कप्तान पारस खड्का अलराउण्डर तर्फ ३७औं स्थानमा उक्लिएका छन् । अलराउण्डरमा सोमपाल ५०औं स्थानमा छन् । सोमपाल र बसन्त रेग्मी बलिङतर्फको वरियताको ७१औं स्थानमा छन् । दुबैको समान ४०९ अंक छ । ब्याटिङतर्फ पारस खड्का एक्ला नेपाली खेलाडी हुन । उनी ९२औं स्थानमा छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest