नेपालका विषयमा अझै अनिर्णित आईसीसी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको ६ दिन लामो बोर्ड बैठकले नेपालको विषयमा कुनै पनि निर्णय भएन ।

यो बैठकले क्यानको निलम्बनको विषयमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको थियो । सो बैठकले युएईलाई पुरुष विश्वकप छनोट र स्कटल्याण्डलाई महिला विश्वकप छनोटको आयोजनाको जिम्मा दिएको छ । जसमा पुरुषको छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म हुनेछ भने महिलाको अगस्ट ३१ देखि सेप्टेम्बर सातसम्म आयोजना हुनेछ ।

आईसीसीले जारी गरेको विज्ञप्तिमा यसै वर्ष इंग्ल्याण्डमा हुने एक दिवशीय विश्वकप, युएई र स्कटल्याण्डमा हुने टि–२० विश्वकप छनोट प्रतियोगिताको बारेमा पनि केही निर्णय गरेको छ । यससँगै महिला क्रिकेटको विकासका लागि पनि महिला समिति गठन गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest