अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारत ६ विकेटले विजयी

अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारत ६ विकेटले विजयी भएकाे छ । जितसँगै श्रृङ्खलामा १–० को अग्रता लिएको छ ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलिया ४८ ओभर २ बलमा सात विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ५० रनको योगदान दिँदा ग्लेन म्याक्सवेलले ४० रन, मार्कस स्टोनिसले ३७ र एलेक्स केरीले अविजित ३६ रन जोडे । बलिङतर्फ मोहमद शाही, जस्प्रित बुम्राह र कुलदिप यादवले २–२ विकेट लिए ।

२ सय ३७ रनको लक्ष्य भारतले १० बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा गर्यो । ९९ रनबनाउँदा चार विकेट गुमाएको भारतका लागि महेन्द्रसिंह धोनी र केदार जादभले पाँचौं विकेटका लागि १ सय ४१ रनको साझेदारी गरे । ब्यक्तिगत तर्फ जादभले ८१ रन बनाए भने धोनीले ५९ रने जोडे । बलिङतर्फ नाथन कोल्टर नाइल र प्याट कमिन्सले २–२ विकेट लिए । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले दोस्रो एक दिवशीय खेल नागपुरमा खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest