क्रिकेटर अवार्डकाे मनाेनयन सार्वजनिक, सूचीसहित

यो बर्ष उत्कृष्ट प्रदर्शन गरेर टिममा राम्रो छाप बनाएका ५ जना महिला र पुरुष खेलाडीको सूची सार्वजनिक गरिएको हो । जसमा पुरुष तर्फ दिपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, सन्दिप लामिछाने,सोमपाल कामी रहेका छन । यस्तै महिला तर्फ इन्दु बर्मा,करुणा भण्डारी,रुवीना क्षेत्री, सरिता मगर र सिता रानामगर रहेका छन ।

यस्तै बर्षको उदयीमान खेलाडीमा पनि ५ जना खेलाडी मनोनयनमा परेका छन । मनोनयनमा पर्ने खेलाडीमा अभिनाश बोहरा, कविता कुावर, ललित नारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दिप जोरा रहेका छन ।

सिप्यानले आयोजना गर्न लागेको अवार्डमा विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कारको ब्यवस्था गर्न लागिएको छ । जसमा यसअघि मोमेन्ट अफ दी इयरमा परेका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरिएको थयो । यस्तै बाँकि तीन विधाको लागि मनोनयन आज सार्वजनिक गरिएको हो । कार्यक्रम मंगलबार हुनेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest