नेपालले केन्यामा टी-२० सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यामा हुने सिक्स नेशन्स कपमा खेल्ने भएकाे छ । टी-२० फरम्याटमा हुने प्रतियाेगितामा यसपटक ८ टिमकाे सहभागिता रहने प्रतियाेगितामा नेपालले खेल्ने पक्का भएकाे छ ।

राष्ट्रिय क्रिकेट टिमका ब्यवस्थापक रमन सिवाकाेटीले याे प्रतियाेगिता आइसीसीले नगरेकाे भएकाले पुर्ण विबरण आउन बाँकि रहेकाे र एक २ दिनमा आउने बताए  । साथै उनले सबै याेजना अनुसार भयाे भने मार्चकाे २०-२२ मा प्रतियाेगिता हुने बताए ।

याे प्रतियाेगिताका कारण नेपाली खेलाडी साेमपाल कामी, करण केसी, दिपेन्द्र दिपेन्द्र सिंह ऐरी, ललित नारायण राजबंशीले अमेरिकामा हुने टि एक्स क्रिकेट प्रतियाेगितामा सहभागिता नजनाउने भएका छन । अमेरीकाकाे टेक्सासमा हुने भनिएकाे साे प्रतियाेगितामा सहभागिता जनाएकाे नेपाली राइनाेज क्रिकेट क्लवबाट साेमपाल कामीले कप्तानी गर्ने बताइएकाे थियाे । अब चारै खेलाडी याे प्रतियाेगिताका लागि तयारीमा जुट्नेछन । जसकाे क्लाेज क्याम्प चाँडै सुरू हुनेछ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest