पीएसएल अन्तर्गत लाहाेरमा हुने सबै खेल कराँचीमा सारियाे

भारत र पाकिस्तान विचको राजनीतिक तनावका कारण पाकिस्तान सुपर लिग क्रिकेटको खेल तालिकामा पनि हेरफेर भएको छ । पीएसएलको तालिका अनुसार लाहोरमा हुने भनिएका सबै खेलहरु कराँचीमा सारिएका छन ।

पछिल्लो पटक दुई देश विचको तनावका कारण पाकिस्तानको लाहोरबाट पुरै हवाई सेवाहरु अवरुद्ध भएका छन । यसका साथै यो शहर भारतको बोर्डर नजिक रहेकाले पनि सुरक्षाका हिसावले पनि पीएसएलका खेलहरु कराँचीमा सारिएका हुन । जसमा शनिबार हुने लाहोर कलन्दर्स र इस्लामाबाद युनाइटेड, आइतबार हुने कराची किंग्स र क्वेटा ग्लाडियटर्स, सोमबार हुने लाहोर कलन्दर्स र मुल्तान सुल्तान तथा कराँची किंग्स र पेसावर जाल्मीका खेलहरु कराँचीमा साकिएका छन । पछिल्लो चार दिनमा लाहोरबाट उड्ने चार सय फइटहरु रद्ध भएका छन ।

युएई र पाकिस्तानमा आयोजना हुने भनेर तय भएको प्रतियोगितामा सहभागि विदेशी खेलाडीहरुले पनि पाकिस्तानमा खेल्नेमा दुविधा जनाएका छन । जसमा क्वेटाका ओपनर सेन वाट्सन पाकिस्तानमा नखेल्ने भएका छन । यस्तै एवी डीभिलियर्सले दुई खेल लाहोरमा खेल्ने बताएपछि पछिल्लो पटकको तनावका कारण उनीपनि दुविधामा परेका छन । यस्तैमा सन्दिप लामिछानेको भनाइ भने बाहिर आएको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest