बर्षकाे उत्कृष्ट क्रिकेटर अवार्ड आज

नेपाल क्रिकेट खेलाडी एशोसिएशनले आयोजना गर्न लागेको पहिलो क्रिकेट अवार्ड आज वितरण गरिँदैछ ।

एनसीसीएस कलेजसँगको सहकार्यमा आज दिउँसो काठमाडौंमा हुने अवार्ड पाँच वटा विधामा वितरण गरिने छ । सिप्यान अवार्डको तयारी पूरा भएको छ ।

त्यसका लागि यसअघिनै खेलाडीहरुको मनोनयन सार्वजनिक गरिएको छ । यो वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर टिममा राम्रो छाप बनाएका ५ जना महिला र पुरुष खेलाडीको सूची सार्वजनिक गरिएको थियो ।

जसमा पुरुष तर्फ दिपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, सन्दिप लामिछाने, सोमपाल कामी रहेका छन् । यस्तै महिलातर्फ इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री, सरिता मगर र सिता रानामगर रहेका छन् ।

यस्तै बर्षको उदयीमान खेलाडीको सूची पनि सार्वजनिक भयसकेको छ । मनोनयनमा पर्ने खेलाडीमा अभिनाश बोहरा, कविता कुवँर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दिप जोरा रहेका छन् ।

जसमा यसअघि मोमेन्ट अफ दी इयरमा परेका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरिएको थियो । माेमेन्ट अफ द इयरका लागि मतदानकाे समय आज राती १२ बजेदेखि सकिएको छ ।

बर्षको उत्कृष्ट हुने पुरुष खेलाडीले एक लाख ३२ हजार रुपैयाँ पाउनेछ भने महिला खेलाडीले ६६ हजार र उदयीमान खेलाडीलेपनि ६६ हजार रुपैयाँ हात पार्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest