चाेटका कारण पीएसएलमा सन्दिपकाे टिमका कप्तान डिभिलियर्स टिम बाहिर

पाकिस्तान प्रिमियर लिग पीएसएलमा सन्दिप लामिछानेको टोली लाहोर क्वालान्दर्सले आज पेशावर जाल्मीसँग खेल्दा नियमित कप्तान एइबीडी भिलियर्स टिममा हुने छैनन् ।

ढाडको समस्याका कारण भिलियर्सले बीचैमा प्रतियोगिता छाडेर दक्षिण अफ्रिका फिर्ता हुनुपरेको छ । उनी प्रतियोगिताको बाँकी खेलका लागि लाहोरको टोलीमा उपलब्ध हुने छैनन् ।

लाहोरले युएईको आबुधावीमा आज साँझ सवा ५ बजेदेखि सुरु हुने आठौं चरणको खेलमा पेशावरसँग प्रतिस्पर्धा गर्दैछ । खासमा यो खेल पाकिस्तानमै हुनुपर्ने हो । तर, सुरक्षाको कारण भन्दै लाहोरबाट आबुधावी नै सारिएको छ ।

आजको खेलमा नेपाली युवा सन्दीप लामिछानेको गुगली जादू आजको खेलमा पनि अपेक्षाकृत छ । अष्ट्रेलियाको बिग बास लिग सकेर पीएसएलका लागि दुवई पगेका सन्दीपले अहिलेसम्म ४ खेल खेलेका छन् र १० विकेट लिइसकेका छन् ।

करिअरकै उत्कृष्ट बलिङ गर्दै उनले क्वेटा ग्ल्याडिएटर्सबिरुद्धको खेलमा ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिएका थिए ।

प्रतियोगितामा सर्बाधिक विकेट लिने खेलाडीमा उनी चौथो नम्बरमा छन् । पेशावर जाल्मीका हसन अलीले ८ खेलमा १८ विकेट लिइसकेका छन् ।

पीएसएल अंकतालिकामा सन्दीपको टिम लाहोर ७ खेलबाट ३ जितको साथमा ६ अंकसहित पाँचौं स्थानमा छ । ८ खेलबाट ५ जितसहित १० अंक जोडेको पेशावर भने दोस्रो स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest