इमरान ताहिर विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

दक्षिण अफ्रिकन खेलाडी इमरान ताहिर आईसीसी विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

इंग्ल्यान्ड र वेल्समा हुने आईसीसी विश्वकपपछि इमरानले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । ३९ वर्षिय इमरानले अष्टेलियामा हुने आइसीसी ट्वान्टी–२० विश्वकपसम्म आफूले खेलाडी करियर जारी राख्ने बताएका छन । पाकिस्तानमा जन्मिएका इमरान दक्षिण अफ्रिकामा आबद्ध छन्  । उनी दूइ देशबाट क्रिकेट खेल्ने खेलाडीकाे सुचिमा पर्छन।

सन् २०११ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका इमरान एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सात विकेट लिने पहिलो दक्षिण अफ्रिकी खेलाडी हुन् । उनी एकदिवसीय खेलमा छिटो १ सय विकेट लिने खेलाडी समेत हुन् । ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा इमरानले १ सय ५६ विकेट लिएका छन् । उनले आइतबार भएकाे श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ विकेट लिएका थिए । जुन खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest