सन्दिप बने बर्षकाे उत्कृष्ट क्रिकेटर, कसले के उपाधि जिते हेराै

नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएले प्रदान गरेको क्रिकेट अवार्डमा बर्षको उत्कृष्ट पुरुष खेलाडी सन्दिप लामिछाने बने भने महिला तर्फ सरिता रानामगरले यो उपाधि जितीन । यस्तै बर्षको उत्कृष्ट उदयीमान खेलाडीको अवार्ड रोहित कुमार पोडलेले जिते ।

रसियन कल्चर सेन्टरमा भएको कार्यक्रममा क्रिकेटर अफ दी इयरको पुरुष तर्फको अवार्ड सन्दिप लामिछानेले जितेका छन । पछिल्लो एक बर्षमा सन्दिप घरेलु मात्र होइन अन्तराष्ट्रिय फ्रेन्चाइजी लिगमा पनि तहल्का मच्चाएका छन । उनले गत बर्ष कुल ३२ खेल ८४ विकेट लिएका थिए । दिपेन्द्र ऐरी, करण केसी, सोमपाल कामी, पारस खड्कालाई पछि पारे ।

नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन निकै महत्वपुर्ण योगदान पुर्याएका सन्दिपले विश्वका हरेक लिगमा खेलेका छन । उनले अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन । उनको सट्टा कप्तान पारस खड्काले उपाधि ग्रहण गरेका हुन ।

रोहितकुमार पौडेलले  ललित राजवंशी, अभिनाश बोहरा, कविता कुवँर, सन्दिप जोरालाई पछि पारे । नेपालले युएई विरुद्धको टी–२० र एकदिवसिय सिरीज जित्दा टिमको सदस्य रहेका रोहित नेपालका लागि भरपर्दा खेलाडीका रुपमा गनिएका छन । एकदिवसिय क्रिकेटमा अर्धसतक बनाउने कान्छो खेलाडीको किर्तीमान उनकै नाममा रहेको छ । नेदरल्याण्ड्स विरुद्धको सिरीजमा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यर गरेको रोहितले तीन वटा एकदिवसिय खेलमा ७० रन बनाएका छन । जसमा उनको एक अर्धसतक रहेको छ । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ हात पारेका छन ।

बर्षको उत्कृष्ट महिला क्रिकेटको उपाधि सिता रानामगरले जितेकी छिन । उनले मनोनयनमा परेका इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री र सरिता मगरलाई पछि पारीन । हालै थाइल्याण्डमा भएको आइसीसी टी–२० महिला विश्वकप छनोटमा सिताको उत्कृष्ट प्रर्दशन गर्दै एक सय ३८ रन बनाएकी थिइन ।

यस्तै नेपाली क्रिकेट खेलकालागि आफ्नो जीवन ब्यतित गरेका कोमल बहादुर पाण्डेलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित वरियो । नेपाली क्रिकेट र फुटबल दुबैमा खेलाडी जीवन विताएका पाण्डेले निकै लामो समय कीर्तिपुर क्रिकेट मैदानको क्युरेटरको काम गरेका थिए । नेपाली क्रिकेटमा खेलाडी मात्र होइन, टेक्निकल पक्षमा अब्बल ज्ञान भएका पाण्डेले नेपालको क्रिकेट योगदान गरेका छन । उनले सम्मानसँगै ६६ हजार रुपैयाँ पाए ।

नेपाली क्रिकेटमा यो बर्षमा भएको मोमेन्ट अफ द इयरको अवार्ड करण केसीले जितेका छन । नामिवियामा क्यानडा विरुद्धको पारीले करणलाई एकाएक चर्चामा ल्याएको थियो । हारको मुखबाट तानेर टिमलाई जित दिलाएका करण नेपाली राष्ट्रिय टिमको महत्वपुर्ण सदस्यका रुपमा रहदै आएका छन । अलराउण्डका रुपमा टिमका सदस्य रहेका करणले पारस खड्का, दिपेन्द्र ऐरी, सोमपाल कामी, सन्दिप जोरा, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछानेलाई पछि पारे । अनलाईन भोटिङका आधारमा विजेताको घोषणा गरिएको हो । यो विधामा कुल १० खेलाडीलाई मनोनयनमा राखिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest