एकदिवसिय क्रिकेटमा सचिनकाे रेकर्ड ताेड्न विराट ९ सतक पछाडी

अष्ट्रेलिया विरुद्धको दोस्रो एकदिवसिय खेलमा भारतका कप्तान विराट कोहलीले सतक प्रहार गरेका छन । एकदिवसिय क्रिकेटमा ४० औं सतक प्रहार गरेका विराटले अष्ट्रेलिया विरुद्ध धेरै सतक बनाउने दोस्रो भारतीय खेलाडी बनेका छन ।

अष्ट्रेलिया विरुद्ध सातौ सतक बनाएका विराट भन्दा अगाडी मास्टरब्लास्ट सचिन तेन्दुलकरमात्र रहेका छन । उनले नौ सतक प्रहार गरेका छन । यस्तै रोहित शर्माले पनि सात सतक बनाएका छन । अब विराट सचिनको धेरै सतक बनाउने किर्तीमान तोड्नबाट मात्र नौ सतक पछाडी रहेका छन ।

यस्तै विराटले धेरै सतक बनाउने खेलाडीको सुचिमा पनि दोस्रो स्थानमा पुगेका छन । उनी भन्दा अगाडी सचिनमात्र रहेका छन । अष्ट्रेलिया विरुद्धको दोस्रो खेलमा विराटले एक सय १६ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest