सन्दीप लामिछानेको टिम लाहोर क्वालन्दर्स ५ विकेटले पराजित

पाकिस्तान सुपर लिग क्रिकेटमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्वालन्दर्स ५ विकेटले पराजित भएको छ ।

लाहोरले दिएको १२५ रनको लक्ष्य पछ्याएको पेशावर जल्मीले १९.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । मंगलबार रातिको खेलमा नेपाली खेलाडी लामिछाने भने विकेट विहीन बने ।पाकिस्तान सुपर लिगमा नेपाली बलर सन्दिपले पहिलो ओभरमा मात्र तीन रन दिए । पेशावर जाल्मी विरूद्दको खेलमा सन्दिपले उत्कृष्ट बलिङ गरे ।

त्यसपछि दोस्रो ओभरमा उनले १८ रन खान पुगे ।दोस्रो ओभरको पहिलो बलमा नै उनले छक्का खाए । त्यसपछि दोस्रो बलमा पनि उनले अर्काे छक्का खान पुगे । अनुभवी खेलाडी मिस्वा उल हकले २ छक्का प्रहार गरे । टस हारी पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन बनाएको थियो । लाहोरका लागि हरिस सोहेलले ४३ तथा डेभिड वाइजले २६ रनमा नट आउट रहे ।

१२५ रनको लक्ष्य पेशावर जाल्मीले एक बल अगावै पाँच विकेट गुमाएर पूरा ग¥यो । उसका लागि मिसवाह उलहकले अविजित ५९ रनको उत्कृष्ट पारी खेले । त्यस्तै ड्यारे सामीले ४६ रन बनाए । बलिङतर्फ सन्दिप लामिछाने विकेटविहीन बन्दा शाहइन शाह अफ्रिदीले एक मेडनसहित तीन विकेट लिएका थिए ।पेशावर जाल्मी नौ मध्य ६ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ भने लाहोर कलन्दर्स ६ अंक सहित पाँचौं स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest