वेष्ट इन्डिज विरुद्धको पहिलो टी-२० खेलमा इंग्ल्याण्ड चार विकेटले विजयी

वेष्ट इन्डिज विरुद्धको पहिलो टी२० खेलमा इंग्ल्याण्ड चार विकेटले विजयी भएको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले २० औभरमा ८ विकेट गुमाउँदै एक सय ६० रन बनाएको थियो । उसका लागि पुरनले ५८ रन बनाए भने डारेन ब्राभोले २८ रनको योगदान गरे । बाँकि खेलाडी सस्तैमा आउट भए । बलिङमा इंग्ल्याण्डका टम कुरानले चार विकेट लिए ।

जवाफमा जोनी ब्रेस्ट्रोका विस्फोटक ब्याटिङका कारण इंग्ल्याण्डले १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा जोनीले ४० बलमा ६८ रन बनाए । यस्तै डेन्लीले ३० तथा बिलिङ्सले १८ रनको योगदान गरे । जितसँगै इंग्ल्याण्डले सिरीजमा एक शुन्यको अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest