नेपालले केन्यामा खेल्ने सिरिज सर्याे

नेपालले केन्यामा खेल्ने भनेको एट नेशन्स कप क्रिकेट प्रतियोगितामा नेपालको सहभातिगा अनिश्चित बनेको छ । केन्या क्रिकेटले आयोजना गर्ने भनिएको प्रतियोगिता दुई देखि तीन साताका लागि सरेकाले नेपालले खेल्ने नखेल्ने एकिन हुन सकेको छैन ।

यसअघि यो प्रतियोगिता केन्यामा २२ देखि ३१ तारिखमा हुने तय भएको भएपछि अब प्रतियोगिता तीन साताका लागि सरेको हो । प्रतियोगिताको नयाँ मिती चाँडै तय गरिने बताइएको छ । टी–२० फरम्याटमा हुने प्रतियोगितामा नेपालसँगै अरु आठ देशको सहभागिता रहने बताइएको छ ।

आइसीसी टी–२० विश्वकप छनोटको दोस्रो चरणको तयारीका रुपमा लिइएको यो प्रतियोगिता सरेपछि नेपाली राष्ट्रिय क्रिकेट सोमपाल कामील फेरी अमेरीकाको टिएक्स क्रिकेट खेल्न जाने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest