जिम्वावेका कोपी १० बर्षका लागि प्रतिबन्धमा

जिम्वावेका पूर्व क्रिकेट डाइरेक्टर इनोक कोपीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले १० बर्षका लागि प्रतिबन्ध लगाएको छ ।

आइसीसीको एन्टी करप्सन प्यानलले कोपीलार्ई नियम अलंघन गरेको भन्दा प्रतिबन्ध लगाएको हो । कोपी जिम्बावे क्रिकेट बोर्डको डाइरेक्टर हुँदा भ्रष्टाचारमा मुछिएको पुष्टि भएपछि कारवाही गरेको हो । उनले १० बर्षसम्म कुनैपनि क्रिकेट गतिविधीमा सहभागिता जनाउन पाउनेछैनन ।

यस्तै हरारे मेट्रोपोलिटियन क्रिकेट संघका मार्केटिङ डाइरेक्टर राजन नायरलाई २० बर्षको प्रतिबन्ध लगाइएको छ । कोपीले आइसीसीको तीन वटा नियम अलंघन गरेको आरोप लागेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest