क्रिकेटर राेहित र आरिफ एनसीसीकाे ब्रान्ड एम्बेस्डर

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेख र रोहितकुमार पौडेललाई नेपाल क्रेडिट एण्ड कर्मस बैकले दुई बर्षका लागि ब्रान्ड एम्बेस्डर बनाएको छ ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बैकले रोहित र आरिफलाई आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । दुबै खेलाडीलाई दुई बर्षसम्म बैकले निश्चित रकम पनि दिनेछ । कार्यक्रममा बैकका पदाधिकारी र खेलाडीले एनसीसी बैंकको लोगो अंकित टिसर्टपनि सार्वजनिक गरेका थिए ।

दुबै खेलाडीले बैकको कुनै प्रमोसन कार्यक्रममा सहयोग गर्नुपर्नेछ । रोहितको यो पहिलो अनुबन्ध हो भने यस अघि आरिफलाई एनआईसी बैंकले दुई वर्ष अनुबन्ध गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest